काठमाडौँ- नेपाल शिक्षक महासंघ तथा आबद्ध/सम्बद्ध संगठनका अध्यक्ष र महासचिवहरूले शिक्षक तथा शिक्षा क्षेत्रका समसामयिक विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेसँग छलफल तथा ध्यानाकर्षण गराएका छन्।
भेटमा बालविकास शिक्षक, विद्यालय कर्मचारी, शिक्षक सिकाइ अनुदान शिक्षकको पारिश्रमिक, शिक्षकका लागि प्रोत्साहन भत्ता, स्थानीय भत्ता, अस्थायी तथा राहत शिक्षकका समस्या, ग्रेडलगायत शिक्षकसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको महासंघले जनाएको छ।
महासंघका पदाधिकारीहरूले लामो समयदेखि सम्बोधन हुन नसकेका शिक्षक तथा विद्यालय कर्मचारीका सेवासुविधासम्बन्धी माग तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए।
शिक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउने सुनिश्चित गर्छु : अर्थमन्त्री वाग्ले
उनीहरूले बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत, अस्थायी तथा सिकाइ अनुदान शिक्षकको पारिश्रमिक र सेवासुविधालाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
यस्तै, शिक्षकलाई बजेटमा घोषणा गरिएको प्रोत्साहन भत्ता, स्थानीय भत्ता तथा ग्रेडलगायतका विषयमा स्पष्ट निर्णय गरी शीघ्र कार्यान्वयन गर्न पनि महासंघले महानिर्देशक न्यौपानेको ध्यानाकर्षण गराएको छ।
छलफलका क्रममा महानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षकका माग र समस्याबारे आफू जानकार रहेको र गर्दै सम्बन्धित विषयलाई आवश्यक प्रक्रिया अघि बढाएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
शिक्षकको प्रोत्साहन भत्ताबारे अफवाह नफैलाउन शिक्षामन्त्रीको आग्रह
माग सम्बोधन नभए सामूहिक राजीनामा दिने अनुदान शिक्षकको चेतावनी
सरकारको निर्णयले शिक्षक महासंघ आक्रोशित,माग पूरा नभए निर्णायक आन्दोलन
शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्न शिक्षक संघको आग्रह


