फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन्।
आन्दोलनको तयारीका बिषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे।
उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एकठाउँमा जोडेर अघि बढ्ने बताए। वर्तमान सरकारको कामकारबाहीको प्रश्नमा उनले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे।
सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेशबारेमा उनले यसलाई सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए।



