फइल तस्बिर
काठमाडौँ- निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
रिट निवेदन बिहीबार पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सरकारले बुधबार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्।
प्रकाशित: १९ कार्तिक २०८३ २१:१७ | Thursday, November 5, 2026
प्रतिक्रिया



