इजरायली नाटक ‘विथाउट एन एभिल आई’ काठमाडौँमा मञ्चन

हिमाल प्रेस १९ कार्तिक २०८३ २१:०९ | Thursday, November 5, 2026
इजरायली नाटक ‘विथाउट एन एभिल आई’ काठमाडौँमा मञ्चन

काठमाडौँ- नेपालस्थित इजरायली दूतावासको आयोजनमा इजरायलको चर्चित नेफेश थिएटरले तयार पारेको एकल नाटक ‘विदआउट एन एभिल आई’ काठमाडौँमा मञ्चन गरिएको छ।

एक घण्टा लामो यस नाटकमा इजरायली कलाकार तथा लेखक असफ बेल शिमोनको जीवनका वास्तविक अनुभवहरु समेटिएका छन्।

नाटकले दृष्टि बिस्तार गुम्दै जाँदा उनले जीवनलाई कसरी नयाँ, सकारात्मक र उच्च दृष्टिकोणले हेर्न सिके भन्ने संघर्ष र रुपान्तरणको कथा प्रस्तुत गर्दछ।

रंगमञ्चीय कथावाचन र हास्य व्यङ्ग्यको रोचक समिश्रण रहेको यस प्रस्तुतिलाई प्रज्ञा कञ्जका विद्यार्थी तथा अतिथिहरुले अवलोकन गरेको दूतावासले जनाएको छ।

यो प्रस्तुतिलाई इजरायली रंगकर्मी अफल बेन शिमोन, हावर्ड रिप र नोअम टोपलियनको टोलीले काठमाडौँमा प्रस्तुत गरेको थियो।

कार्यक्रमका अनुसार नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले नाटकले आफ्नो कथामार्फत मानिसहरुलाई एक ठाउँमा ल्याउन मद्त पुर्‍याउने बताए।

यस किसिमका कलात्मक र सांस्कृतिक आदानप्रदानले इजरायल र नेपालबीचको द्विपक्षीय सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन र सहकार्य प्रवद्र्धन गर्न योगदान पुर्‍याउने दूतावासले अपेक्षा गरेको छ।

 

प्रकाशित: १९ कार्तिक २०८३ २१:०९ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast