सडक सुरक्षा र व्यवस्थापन ट्राफिक प्रहरीको एक्लो जिम्मेवारी होइन : प्रहरी प्रमुख कार्की

हिमाल प्रेस ८ साउन २०८३ १४:३८ | Friday, July 24, 2026
6
SHARES
सडक सुरक्षा र व्यवस्थापन ट्राफिक प्रहरीको एक्लो जिम्मेवारी होइन : प्रहरी प्रमुख कार्की प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबारी नियम पालना गराउँदा कारबाही वा जरिवानाको स्थिति नआओस् भन्ने चाहना रहेको बताएका छन्।

मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रहरी प्रमुख कार्कीले सडक पूर्वाधार, जनचेतना र पाठ्यक्रम सुधार जस्ता कार्यमा स्थानीय तह र नागरिक नै अग्रसर भएर कारबाही वा जरिवानाको स्थिति नआओस् भन्ने चाहना रहेको बताएका हुन्।

सडक सुरक्षा र व्यवस्थापन केवल ट्राफिक प्रहरीको एक्लो जिम्मेवारी नभएको उनले बताए। सडकको दायाँबायाँ ‘रोड फर्निचर’, सूचना बोर्ड, जेब्रा क्रसिङलगायतका पूर्वाधार राख्ने काम ट्राफिक प्रहरीकै हो भन्ने आम नागरिकमा भ्रम रहेको भन्दै उनले ट्राफिक प्रहरीसँग भौतिक पूर्वाधार बनाउने बजेट वा अधिकार नहुने स्पष्ट पारे।

उनले कसैलाई सजाय वा जरिवाना गर्नु ट्राफिक प्रहरीका लागि मीठो कुरा नभएको उल्लेख गर्दै सडक सुरक्षाका लागि कडा कदम चाल्नै पर्ने बाध्यता प्रहरीलाई हुने बताए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायतका विषयमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिए।

प्रकाशित: ८ साउन २०८३ १४:३८ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast