कार्यक्रमको बीचमै गृहमन्त्री उठेर हिँडेपछि…

हिमाल प्रेस २१ कार्तिक २०८३ १७:३८ | Saturday, November 7, 2026
कार्यक्रमको बीचमै गृहमन्त्री उठेर हिँडेपछि…

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा-काठमाडौँ सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन्।

विभागले शनिबार काठमाडौँ नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन्।

कार्यक्रम जारी रहँदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा परेको थियो। कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासका बारे प्रतिक्रिया दिएका थिए।

गृहमन्त्री गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताए। उनले आगामी दिनमा सरकारले हिमाली तथा दुर्गम क्षेत्रको बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे।

देशका सबै स्थानमा नागरिकले भोग्नुपरेका समस्यालाई वर्तमान सरकारले केन्द्रमा रहेको उनको भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०८३ १७:३८ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast