भारी वर्षाको विषयमा तयारीमा सुरक्षा निकायलाई ‘अलर्ट’

हिमाल प्रेस ७ असोज २०८३ ८:०३ | Wednesday, September 23, 2026
भारी वर्षाको विषयमा तयारीमा सुरक्षा निकायलाई ‘अलर्ट’

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले भारी वर्षाको विषयमा तयारीमा रहन  सरकारका आवश्यक पूर्वतयारीमा जुटिसकेको पनि जानकारी दिएका छन्।

‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं ।’ तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो । मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए।

उनले अब ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गरे । मन्त्री गुरुङले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिए ।

विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वय श्रेष्ठ र गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गरेका थिए । पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी नेपालको गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण उनीहरुले सुनाएका थिए । जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरुले उल्लेख गरेका थिए ।

प्रकाशित: ७ असोज २०८३ ८:०३ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast