काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ।
बुधबार नयाँदिल्लीमा दुवै जनाबीच भेटवार्ता भएको हो।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङसँग भेटवार्ता भएको उल्लेख गरेका छन्।
‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेट्दा खुसी लाग्यो,’ विदेशमन्त्री जयशंकरले लेखेका छन्।
गृहमन्त्री बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार नयाँदिल्ली गएका हुन्। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग पनि भेटवार्ता गरेका थिए।
प्रकाशित: २८ असोज २०८३ १७:३२ | Wednesday, October 14, 2026
प्रतिक्रिया




