आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ कहिले?

हिमाल प्रेस २० कार्तिक २०८३ १३:५५ | Friday, November 6, 2026
आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ कहिले?

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ। उक्त रिटमा कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ।

कार्कीका तर्फबाट रिट दर्ता गराएका अधिवक्ता टिकाध्वज कुँवरले सर्वोच्च अदालतमा निवेदन दर्ता भएको जानकारी दिएका हुन्।

सरकारले आईजीपी पदबाट हटाएपछि कार्कीले अधिवक्ता कुँवरमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए।

अधिवक्ता कुँवरको भनाइमा चाडपर्वका कारण अदालतको नियमित कामकाज प्रभावित भएकाले पेसीका लागि
कात्तिक ३० गतेको मिति तय गरिएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले डा.मनोज केसीलाई नयाँ प्रहरी आईजीपीमा नियुक्त गरेको छ। उनले पदभार ग्रहणसमेत गरिसकेका छन्।

यो पनि

खरेल प्रकरणको झल्को, अदालत जालान् त कार्की?

प्रकाशित: २० कार्तिक २०८३ १३:५५ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast