एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध युवा टोलीको कमजोर प्रदर्शन, १२८ रनमा अलआउट

हिमाल प्रेस २० कार्तिक २०८३ १४:०१ | Friday, November 6, 2026
एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध युवा टोलीको कमजोर प्रदर्शन, १२८ रनमा अलआउट

काठमाडौँ- एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले भारतसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। ओमानको एआई इमिरेट क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाली टिमले ४२ दशमलव ३ बलमा सबै विकेट गुमाएर जम्मा १२८ रन जोड्यो।

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन जोडे। ९३ बल खेलेका उनले एक छक्का र एक चौका प्रहार गरे। विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले २९ रन बनाए। ओपनर निरजकुमार यादव २० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।

टस जितेर बलिङ रोजेको भारतीय टोलीका लागि इसान धिराज सुड र अर्जुन राजपुतले समान ३।३ विकेट लिए। १० ओभर बलिङ गरेका इसानले ४ ओभर मेडियन फ्याक्दा जम्मा १८ रन खर्चिए। बुत्कुरी यास्वीरले २, मनाल चौहान र काभ्या परेस पटेलले समान १-१ विकेट लिए। अबकको केहीबेरमा भारत ब्याटिङमा उत्रनेछ।

प्रकाशित: २० कार्तिक २०८३ १४:०१ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast