भिमानमा दुई सवारी ठोक्किँदा ट्रकमा आगलागी

हिमाल प्रेस २० कार्तिक २०८३ १३:११ | Friday, November 6, 2026
भिमानमा दुई सवारी ठोक्किँदा ट्रकमा आगलागी

काठमाडौँ- सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने दुर्घटनापछि भएको आगलागीबाट ट्रकमा रहेको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।

काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर आपसमा ठोक्किएपछि ट्रकमा आगो लागेको हो।

दुर्घटनामा परी स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार घाइते हेमराज बख्रेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

 

प्रकाशित: २० कार्तिक २०८३ १३:११ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast