निमावि तहको लिखित परीक्षाबारे आयोगले के भन्यो?

हिमाल प्रेस २० कार्तिक २०८३ १२:४७ | Friday, November 6, 2026
निमावि तहको लिखित परीक्षाबारे आयोगले के भन्यो?

भक्तपुर- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाका उम्मेदवारलाई प्रवेशपत्र आफैँले अनलाइनबाट प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ।

आयोगले सूचना जारी गर्दै दरखास्त फाराम भर्ने क्रममा प्रयोग गरेको इमेल ठेगाना र पासवर्ड प्रयोग गरी प्रवेशपत्र डाउनलोड गर्न सकिने जनाएको छ।

आयोगका अनुसार उम्मेदवारले आयोगको अनलाइन दरखास्त पोर्टल [https://online.tsc.gov.np/](https://online.tsc.gov.np/) मा लगइन गरी ‘दरखास्त पेस गरेको विवरण’ मा क्लिक गर्नुपर्नेछ। त्यसपछि ‘View’ विकल्पमा गएर ‘प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्’ मा क्लिक गरी प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।

आयोगले प्रवेशपत्रको प्रतिलिपि कार्यालयबाट उपलब्ध गराउने व्यवस्था नभएकाले उम्मेदवारलाई प्रवेशपत्र सुरक्षित राख्न आग्रह गरेको छ। तोकिएको मितिमा सञ्चालन हुने परीक्षामा सहभागी हुँदा प्रवेशपत्रसँगै सरकारी निकायबाट जारी भएको फोटोसहितको सक्कल परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी, पासवर्ड बिर्सिएका उम्मेदवारले दरखास्त पोर्टलमा रहेको ‘Forget Password’ विकल्पअन्तर्गत ‘Click Here’ मा क्लिक गरी प्रोफाइल बनाउँदा वा फाराम भर्दा प्रयोग गरेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी (OTP) मार्फत नयाँ पासवर्ड राख्न सक्नेछन्।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई समयमै प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न र परीक्षामा सहभागी हुँदा आवश्यक कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १२:४७ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast