निजी लगानी भित्र्याउन पूर्वाधार क्षेत्रका कानुनी अवरोध हटाउँछौं : अर्थमन्त्री

हिमाल प्रेस १९ कार्तिक २०८३ १७:३७ | Thursday, November 5, 2026
निजी लगानी भित्र्याउन पूर्वाधार क्षेत्रका कानुनी अवरोध हटाउँछौं : अर्थमन्त्री अर्थमन्त्री स्वर्णिम वाग्ले। फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल पूर्वाधार सम्मेलनलाई विगतका अभ्यासभन्दा फरक ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन्। पुरानै परम्परालाई निरन्तरता दिनुभन्दा नयाँ सोच र संरचनासहित सम्मेलनको छुट्टै पहिचान स्थापित गर्ने सरकारको योजना रहेको उनले बताएका हुन्।

काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले पूर्वाधार तथा लगानी क्षेत्रका नीतिगत र कानुनी अवरोध हटाउँदै संरचनागत परिवर्तन गर्ने गरी सरकार अघि बढिरहेको बताए।

उनका अनुसार सरकारले आर्थिक, कानुनी, स्रोतसाधन परिचालन, शान्ति र न्यायलगायतका क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित काम गरिरहेको छ। पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीतिगत सुधारमार्फत मुलुकको समग्र आर्थिक गतिविधिलाई गति दिने सरकारको योजना रहेको उनले उल्लेख गरे।

वाग्लेले पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक नीतिगत तथा प्रक्रियागत जटिलता हटाइने बताए। लगानीका लागि अनुकूल वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई पूर्वाधार विकासमा सहभागी गराउने सरकारको तयारी रहेको उनको भनाइ छ।

पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाउने लक्ष्यसहित सम्मेलनलाई नयाँ स्वरूप दिन खोजिएको अर्थमन्त्री वाग्लेले बताए।

प्रकाशित: १९ कार्तिक २०८३ १७:३७ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast