ओटावा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ।
प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ।
उनले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको बताएका छन्।
अर्थमन्त्री फ्राँस्वा-फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवर्द्धन र अन्तर्राष्ट्रिय साझेदारी विविधीकरण गर्नु हो।
बजेटले ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल तथा स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने योजना अघि सारेको छ।
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ।



