अमेरिकाले इरानको एउटा टापुमा गर्‍यो आक्रमण

हिमाल प्रेस १७ कार्तिक २०८३ ८:५५ | Tuesday, November 3, 2026
14
SHARES
अमेरिकाले इरानको एउटा टापुमा गर्‍यो आक्रमण प्रतीकात्मक तस्बिर

काठमाडौँ- अमेरिकाले होर्मुज जलमार्गमा अवस्थित इरानको केसम टापुमा आक्रमण गरेको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र द वाल स्ट्रिट जर्नलका रिपोर्टमा उक्त टापुलाई निसाना बनाइएको उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथिको आक्रमण थप तीव्र पार्न आफूलाई कुनै हतार नभएको बताएका थिए।

समाचार संस्था एक्सियोससँगको कुराकानीमा ट्रम्पले भने, ‘हामी कुनै न कुनै रूपमा कारबाही गर्नेछौँ, तर यसमा कुनै हतार छैन। हामीले उनीहरूलाई आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनाइसकेका छौँ।’

उनले इरानसँग अब पैसा र पेट्रोल बाँकी रहेको दाबी गरे। इरानी जनता पनि अहिलेको परिस्थितिबाट आजित भइसकेको उनको भनाइ थियो।

वासिङ्टन डीसीमा सोमबार आयोजित एक कार्यक्रममा ट्रम्पलाई अमेरिकाको मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण सुरु गर्ने हो कि भनेर सोधिएको थियो। त्यसको जवाफमा उनले स्पष्ट रूपमा होइन भनेका थिए।

एक्सियोसका संवाददाता बराक राविदका अनुसार एक अमेरिकी अधिकारीले सोमबार राति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले केसम टापुबाट होर्मुज जलमार्गमा रहेको अमेरिकी विमानलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका थिए।

ती अधिकारीका अनुसार उक्त आक्रमणको जवाफमा अमेरिकी लडाकु विमानले आत्मरक्षाका लागि इरानको सतहबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको प्रक्षेपक ध्वस्त पारेको थियो।

प्रकाशित: १७ कार्तिक २०८३ ८:५५ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast