सोलुमा हेलिकप्टर ठोक्किँदा एकजनाको मृत्यु

हिमाल प्रेस १७ कार्तिक २०८३ ९:५४ | Tuesday, November 3, 2026
10
SHARES
सोलुमा हेलिकप्टर ठोक्किँदा एकजनाको मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए। उनका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन्।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ।

हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १७ कार्तिक २०८३ ९:५४ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast