एनपीएल : लुम्बिनीसँग जनकपुर पराजित

हिमाल प्रेस १९ कार्तिक २०८३ १६:३० | Thursday, November 5, 2026
एनपीएल : लुम्बिनीसँग जनकपुर पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गरेको हो।

लुम्बिनीले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो।

प्रतियोगितामा यो जनकपुरको तेस्रो हार हो भने लुम्बिनीले आफ्नो अजेय यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो खेलमा जनकपुर विराटनगरसँग २ रनको अन्तरले पराजित भएको थियो।

लुम्बनीले भने अहिलेसम्म खेलेको सबै तीन खेल जितेको छ भने वर्षाले प्रभावित भएको चितवनसँगको खेलमा अंक बाँडेको छ। लुम्बिनी सात अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

१५० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाए भने आदित्य महताले ३० रनको योगदान दिए। त्यस्तै सैफ हसनले २८ र त्रितराज दासले १८ रन बनाए। यीबाहेक जनकपुरका अन्य कुनै ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन्।

एनपीएल पहिलो संस्करणको विजेता रहेको जनकपुरको प्रदर्शन फितलो देखिएको छ।

लुम्बिनीका लागि डीआर्सी सर्टले ३, तिलक भण्डारी र शेर मल्ले २-२ तथा रुबेन ट्रम्पल्यामानले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ८ विकेट गुमाएर १४९ को योगफल खडा गरेको थियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। ओपनिङमा उत्रिएका सर्ट शून्य रनमा आउटमा हुँदा अर्का ओपनर आसिफ शेखले २१ रन बनाए।

त्यस्तै निरोशन डिकवेलाले २७, दिलिप नाथले २१, समिम होसेनले १३, रुबेनले १५ रनको योगदान दिए।

जनकपुरका लागि विशाल सुशलिङ र राहुल यादवले २-२ तथा ललित राजवंशी, हर्मित सिंह र अभिषेक तिवारीले १-१ विकेट लिए।

प्रकाशित: १९ कार्तिक २०८३ १६:३० | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast