लोकेश बममाथि कप्तान सन्दीपको यस्तो टिप्पणी

हिमाल प्रेस १८ कार्तिक २०८३ ६:३५ | Wednesday, November 4, 2026
12
SHARES
लोकेश बममाथि कप्तान सन्दीपको यस्तो टिप्पणी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्ना ओपनर लोकेश बमको खेलभावना र टोलीप्रतिको समर्पणको प्रशंसा गरेका छन्।

जारी एनपीएलमा विराटनगरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका लोकेशको प्रशंसा गर्दै सन्दीपले मंगलबार सामाजिक सञ्जालमार्फत उनको टिम स्पिरिटको खुलेर तारिफ गरेका हुन्।

सन्दीपले खेलका क्रममा लोकेशको विकेटकिपिङ प्याडमध्ये एउटा च्यातिएपछि उनले केही ओभरसम्म प्याडबिनै विकेटकिपिङ गरेको प्रसंग उल्लेख गरेका छन्।

असहजता र कठिनाइका बाबजुद पनि लोकेशले टोलीको आवश्यकताअनुसार आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै उनले प्रशंसा गरेका छन्।

‘यही नै साँचो टिम स्पिरिट हो,’ सन्दीपले लेखेका छन्, ‘टोलीप्रतिको तपाईंको समर्पण, प्रतिबद्धता र हार नमान्ने स्वभाव वास्तवमै प्रशंसनीय छ।’

उनले लोकेशलाई यसरी नै चम्किरहन शुभकामना दिँदै टोलीका लागि उनी अमूल्य खेलाडी रहेको बताएका छन्।

प्रकाशित: १८ कार्तिक २०८३ ६:३५ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast