एनपीएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

हिमाल प्रेस १७ कार्तिक २०८३ १९:१८ | Tuesday, November 3, 2026
12
SHARES
एनपीएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो। उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे।

लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले १/१ विकेट लिए।

जारी संस्करणमा अहिलेसम्म लुम्बिनी लायन्स अपराजित छ। उसले दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ।

पोखरा भने जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित: १७ कार्तिक २०८३ १९:१८ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast