काठमाडौँ– सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको भोलिपल्टै आज बुधबार पनि बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमै बैठक सुरु हुनेछ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने सचिवालयको भनाइ छ।
प्रकाशित: १८ कार्तिक २०८३ १३:२६ | Wednesday, November 4, 2026
प्रतिक्रिया



