राजदूत बास भन्छन्- इजरायल सधैँ नेपालको हित चाहन्छ

हिमाल प्रेस १८ कार्तिक २०८३ १४:०२ | Wednesday, November 4, 2026
राजदूत बास भन्छन्- इजरायल सधैँ नेपालको हित चाहन्छ

सुर्खेत– नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।

बुधबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै राजदूत बासले  नेपाल र इजरायलबीच आठ दशक लामो  ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे।

उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए।

राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए।

उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे।

प्रकाशित: १८ कार्तिक २०८३ १४:०२ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast