आईजीपी परिवर्तनबारे ओलीको टिप्पणी- अह्राएको काम गर्छ भनेर बनाएको होला

हिमाल प्रेस १८ कार्तिक २०८३ १७:१८ | Wednesday, November 4, 2026
आईजीपी परिवर्तनबारे ओलीको टिप्पणी- अह्राएको काम गर्छ भनेर बनाएको होला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउन प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेको टिप्पणी गरेका छन्।

पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले आईजीपी परिवर्तन गर्नुको उद्देश्य आफूले भनेअनुसार काम गराउनु रहेको संकेत गरेका हुन्।

सरकारले बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।

केसीको नियुक्तिबारे सञ्चारकर्मीले राखेको प्रश्नमा ओलीले भने,‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’

यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार भएको भेटवार्ताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भेटवार्ता सकारात्मक रहेको बताए।

उनले भने,‘गगन थापासँग राम्रो कुरा भयो। राजनीतिक कुरा भए।’

प्रकाशित: १८ कार्तिक २०८३ १७:१८ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast