अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिसरीबीच भेटवार्ता

हिमाल प्रेस १८ कार्तिक २०८३ १६:४७ | Wednesday, November 4, 2026
अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिसरीबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

अर्थमन्त्री वाग्ले र विदेश सचिव मिसरीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै जनाले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

त्यसअघि भारतका विदेश सचिव मिसरीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

बुधबार बिहान नेपाल आएका विदेश सचिव मिसरी नेपाल भ्रमण सम्पन्न गरी बिहीबार नयाँदिल्ली फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १६:४७ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast