भारत भ्रमण सम्पन्न गरेर काडमाडौँ फर्किँए अर्थमन्त्री

हिमाल प्रेस ४ असोज २०८३ ७:१४ | Sunday, September 20, 2026
भारत भ्रमण सम्पन्न गरेर काडमाडौँ फर्किँए अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किएका हुन्।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए।

साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ।

बिहीबार उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत आर्थिक सहकार्यका आयामबारे मन्थन भएको थियो । शुक्रबार उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भए।

त्यसै दिन उनले भारतीय विदेशमन्त्री डा। एस।जयशंकरसँग भेटवार्ता गरे । सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भए । शुक्रबार दिउँसो उनले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरे।

शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भए । सोही दिन अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए ।

शनिबार नै उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित: ४ असोज २०८३ ७:१४ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast