काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतले न्याय दिने बताएका छन्।
शनिबार काठमाडौँमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दैै पूर्वसभापति देउवाले आफूहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताए।
उनले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप लगाए। पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ।
उनले महाधिवेशनमा आफू सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे।
उनले पार्टीबाट आफूले धेरै पाइसकेकाले अब सबैलाई समेटेर अघि बढ्ने बताए।
प्रकाशित: २१ कार्तिक २०८३ १८:४७ | Saturday, November 7, 2026
प्रतिक्रिया



