फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मंगलबार पुन: हडतालको आह्वान

हिमाल प्रेस २१ कार्तिक २०८३ १९:०२ | Saturday, November 7, 2026
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मंगलबार पुन: हडतालको आह्वान फाइल तस्बिर : एपी

काठमाडौँ- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मंगलबार हडतालको आह्वान गरेका छन्।

उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्।

फ्रान्समा यसअघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो संख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए।

आन्दोलनले हिंसात्मक रुप लिएपछि सरकारले देशका सहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो।

फ्रान्समा प्रदर्शनकारीले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता दिएको छ।

शिक्षक र विद्यार्थी संघका ट्रेड युनियनहरूले शनिबार नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘उनीहरूको आन्दोलन ‘शक्तिशाली अवस्थामा छ र सरकार कमजोर अवस्थामा छ र झुक्न थालेको छ।’

वक्तव्यमा भनिएको छ, ‘सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउने यही बेला हो। यसका लागि मंगलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको छ।’

प्रकाशित: २१ कार्तिक २०८३ १९:०२ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast