प्रेम चलाउनेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

हिमाल प्रेस ७ असार २०८० १६:२३
24
SHARES
प्रेम चलाउनेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ– सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार मुद्दा फिर्ता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा दुई वर्षअघि उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेका थिए।

घटनामा संलग्नविरुद्ध सरकारले काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। विचाराधिन सोही मुद्दा मन्त्रिपरिषद्ले केही दिन अघि फिर्ता लिने निर्णय गरेको थियो।
आफूलाई आक्रमण गर्नेविरुद्धको मद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै उपप्राध्यापक चलाउने अदालत पुगेका थिए।

त्रिभुवन विश्वविद्यालय परिसरमा उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ता हरि आचार्य, योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगरको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि मुद्दा दायर भएको थियो।

उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिट न्यायाधीश मनोजकुमारको इजलासमा

चलाउनेलाई न्याय दिलाउन माग गर्दै अदालतमा धर्ना [तस्बिरहरू]

न्यायको माग गर्दै उपप्राध्यापक चलाउनेले सुरु गरे आमरण अनशन

प्रेम चलाउने प्रहरी नियन्त्रणमा

उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेका यी हुन् ६ जना

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिनु सरकारको गम्भीर त्रुटि : प्राध्यापक संघ

उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग

 

प्रकाशित: ७ असार २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =