पत्नीले इजलासमै विष पिइन्, श्रीमान्‌लाई थुनामा पठाउन आदेश

हिमाल प्रेस २१ चैत २०८० १७:३८
14
SHARES
पत्नीले इजलासमै विष पिइन्, श्रीमान्‌लाई थुनामा पठाउन आदेश

काठमाडौँ- निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गर्दै उनलाई थुनामै राख्न आदेश दिएको हो।

वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती आरती रावलले गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत पुगेकी थिइन्। गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन्। बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विषसमेत सेवन गरेकी थिइन्। त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। रावललाई उपचारका लागि अस्पताल पठाइएको सर्वोच्च अदालतले जनाएको छ।

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चको इजलासमै पिइन् विष

प्रकाशित: २१ चैत २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =