नेपाली व्याकरणमा आधारित नाटक ‘लिपि’ मञ्चन हुँदै

हिमाल प्रेस २० वैशाख २०८१ १६:५९
112
SHARES
नेपाली व्याकरणमा आधारित नाटक ‘लिपि’ मञ्चन हुँदै

काठमाडौँ- माध्यमिक विद्यालयको पाठ्यक्रममा समावेश नेपाली व्याकरणमा आधारित नाटक ‘लिपि’ मञ्चन हुने भएको छ। शंकर पोखरेलको परिकल्पना तथा निर्देशनमा नाटक ‘लिपी’ मञ्चन लागेको हो। याे नाटक निर्देशक पोखरेलको दोस्रो निर्देशन हो। यसअघि गतवर्ष जेठमा उनले ‘आधा-अपुरो’ नाटककाे निर्देशन गरेका थिए।

रातोपुलस्थित ओजस थिएटरमा नाटक आगामी जेठ १२ देखि २२ सम्म मञ्चन हुने निर्देशक पोखरेलले बताए। माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै नाटक मञ्चन गर्न लागेको उनले जानकारी दिए।

‘मनोरञ्जनसँगै विद्यार्थीलाई व्याकरण सम्बन्धि ज्ञान प्रदान गर्ने उद्देश्यले हामीले नाटक मञ्चन गर्न लागेका हौँ।’ निर्देशक पोखरेलले भने। ‘व्याकरणको विषयवस्तु नाटकमार्फत प्रस्तुत गर्दा विद्यार्थीहरुले सहज तरिकाले बुझ्न सक्छन् भन्ने अपेक्षा छ।’

काव्य आर्टको प्रस्तुति रहेको नाटकमा सम्झना आचार्य, सुब्रत सिलवाल, प्रकाश थापा, अनन्त, सेभेन, तेज राज भट्टलगायत कलाकारको अभिनय रहनेछ। ओजसमा अहिले नाटकको रिहर्सल चलिरहेको छ।

नेपाली व्याकरण अन्तर्गत पदवर्ग, पदसंगती, आदर, भाव, वाच्य, शब्दनिर्माण, शब्दभण्डार, काल, वाक्य, कारक र विभक्ति, प्रत्यक्ष र अप्रत्यक्ष कथन, उखान टुक्का, धातु, तत्सम, तद्भव र आगन्तुक शब्द, करण र अकरण पर्दछन्। नाटकमा यिनै विषयवस्तुका साथै स्वतन्त्र लेखन अन्तर्गतका केही अन्य विषयपनि समाबेश गरिनेछ।

प्रकाशित: २० वैशाख २०८१ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =