नीति तथा कार्यक्रम : कर्मचारीको सेवासुविधा समयानुकूल बनाइने

हिमाल प्रेस २ जेठ २०८१ १०:३८
3.6k
SHARES
नीति तथा कार्यक्रम : कर्मचारीको सेवासुविधा समयानुकूल बनाइने

काठमाडौँ– सरकारले राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल बनाउने बताएको छ।

साथै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याउने पनि बताएको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्मचारीको सेवासुविधा समयानुकूल बनाउने बताइएको हो।

त्यसैगरी सरकारले कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुनसंरचना र एकीकरणः गरी तालिमको प्रभावकारिता वृद्धि र कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्ठ र मापनयोग्य बनाउने पनि बताएको छ।

प्रकाशित: २ जेठ २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =