सरकारले प्रारम्भिक बालविकास शिक्षा प्रणालीमा परिमार्जन गर्ने

हिमाल प्रेस १ जेठ २०८१ १६:३२
8.1k
SHARES
सरकारले प्रारम्भिक बालविकास शिक्षा प्रणालीमा परिमार्जन गर्ने

काठमाडौँ– सरकारले प्रारम्भिक बालविकास शिक्षा प्रणालीमा परिमार्जन गर्ने घोषणा गरेको छ। सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

उनले भने, ‘प्रारम्भिक बालविकास शिक्षा प्रणालीमा परिमार्जन गरिने छ।’ त्यसैगरी सरकारले ५ वर्षभित्र ५ वर्षमुनिका विद्यार्थीलाई आधारभूत शिक्षा प्रदान गर्ने बताउँदै विद्यालयबाहिर रहेका बालबालिकालाई वैकल्पिक तथा अनौपचारिक शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने नीति लिएको छ।

प्रकाशित: १ जेठ २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =