सरकारको नीति तथा कार्यक्रममा समेटिएन बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान

हिमाल प्रेस १ जेठ २०८१ १७:४३
8.5k
SHARES
सरकारको नीति तथा कार्यक्रममा समेटिएन बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबमान

काठमाडौँ– सरकारले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलबमान नीति तथा कार्यक्रममा उल्लेख गरेन।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

नीति तथा कार्यक्रममा तलबमान बढ्ने अपेक्षा शिक्षक र कर्मचारीले गरेका थिए। उनीहरूले नेपाल शिक्षक महासंघ र आफ्नो संस्थामार्फत तलबमा बढाउन यसअघि सरकारको ध्यानाकर्षण गराएका थिए। बालविकास शिक्षक र कर्मचारीले एकद्वार प्रणालीमार्फत समयोचित तलब वृद्धिको माग राखेका थिए।

बालविकास र कर्मचारीको तलबमान नीति तथा कार्यक्रममा समेट्न गत चैत २७ गते शिक्षक महासंघसहित शिक्षासम्बद्ध संघसंगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुनलगायतको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १ जेठ २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =