उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेका यी हुन् ६ जना

हिमाल प्रेस ५ असार २०८० १९:३२
26
SHARES
उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेका यी हुन् ६ जना

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै प्रदर्शन गर्ने ६ जना सामाजिक अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपाल भक्तपुर सूर्यविनायक नगर उपाध्यक्ष रविना श्रेष्ठ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिंह, एकीकृत समाजवादी प्रचार-प्रसार समितिका सदस्य कृतु भण्डारी, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य धनेश थापा, अखिल क्रान्तिकारीका नविन कोइराला र स्वतन्त्र सामाजिक अभियान्ता डा.सचिन घिमिरे छन्।

विद्यार्थीबाट कुटिएका उपप्राध्यापक चलाउनेलाई न्यायको माग गर्दै विभिन्न समूहले प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएका मध्ये यी ६ जनालाई आज मंगलबार काठमाडौँ जिल्ला अदालत परिसरबाहिरबाट पक्राउ गरिएको थियो।

चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो। सो मुद्दा सरकारले फिर्ता लिएपछि प्रदर्शन गरिएको हो।

त्रिभुवन विश्वविद्यालय परिसरमा उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ता हरि आचार्य, योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगरको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि विरोध भएको हो।

‘सो मुद्दा अदालतले खारेज गरोस् र विद्यालय जस्तो पवित्र स्थल नेविसंघद्वारा गरिने अराजक गतिविधिमा संलग्नलाई तत्काल कारबाही गरिनुपर्छ,’ पक्राउ परेकीमध्येकी रविना श्रेष्ठले भनिन्, ‘उनीहरूलाई कानुन बमोजिम मुद्दा चलाइयोस्।’

प्रकाशित: ५ असार २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =