नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

हिमाल प्रेस २६ कार्तिक २०८३ ६:५१ | Thursday, November 12, 2026
नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

काठमाडौँ– नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । पूर्वी नेपालका हिमाली तथा तराईका विभिन्न जिल्लामा धक्का महसुस भएको हो ।

भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट झण्डै २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित: २६ कार्तिक २०८३ ६:५१ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast