काठमाडौँ- हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीका अनुसार आज बिहान ७:१० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
प्रकाशित: २० कार्तिक २०८३ ९:२७ | Friday, November 6, 2026
प्रतिक्रिया



