गोकुल बाँस्कोटाको ठोकुवा : सत्ताको लडाइँमा रवि हारिरहन्छन्, बालेन जितिरहन्छन्

हिमाल प्रेस २० कार्तिक २०८३ ८:३६ | Friday, November 6, 2026
गोकुल बाँस्कोटाको ठोकुवा : सत्ताको लडाइँमा रवि हारिरहन्छन्, बालेन जितिरहन्छन् निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अबको ४ वर्ष सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साक्षी मात्र हुने बताएका छन्। उनले पुराना उदाहरण समेत दिँदै संविधानमा व्यवस्था नभए पनि गएको निर्वाचनमा जनताले वालेन्द्र शाह (बालेन)लाई सोझै प्रम चुनेको कारण अब उनी नै सर्वमान्य हुने बताएका छन्।

उनले यो लडाइँमा बालेनले जित्ने र रविले हार्ने ठोकुवा पनि गरेका छन्।

‘चुनावमा जनताले व्यवस्था नभए पनि वालेनलाई सोझै प्रम चुनेका हुन्,’ बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन्। र, यो नयाँ होइन। पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ। बीपी मातृकादेखि आजसम्म-यत्रतत्र सर्वत्र!’

 

प्रकाशित: २० कार्तिक २०८३ ८:३६ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast