जलवायु संकटपछिको पुनर्निर्माणमा फिनल्यान्डसँग सहकार्य खोज्दै नेपाल

हिमाल प्रेस २५ कार्तिक २०८३ २०:०२ | Wednesday, November 11, 2026
10
SHARES
जलवायु संकटपछिको पुनर्निर्माणमा फिनल्यान्डसँग सहकार्य खोज्दै नेपाल

अन्ताल्या (टर्किए)- परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्किएको अन्ताल्यामा रहेका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन्।

भेटमा मन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए।

भेटमा दुवै मन्त्रीले कोप-३१ प्रक्रियालगायत आपसी चासोका विषयमा विचार आदानप्रदान गरे। नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: २५ कार्तिक २०८३ २०:०२ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast