भाइटीकाको दिन सशस्त्र प्रहरीको नि: शुल्क बसमा २ हजार ४८६ यात्रुले गरे यात्रा

हिमाल प्रेस २५ कार्तिक २०८३ २०:१४ | Wednesday, November 11, 2026
6
SHARES
भाइटीकाको दिन सशस्त्र प्रहरीको नि: शुल्क बसमा २ हजार ४८६ यात्रुले गरे यात्रा

काठमाडौँ- भाइटीकाको दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा सर्वसाधारणको आवागमन सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट २ हजार ४८६ जना लाभान्वित भएका छन्।

सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यका र भक्तपुरमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म नि:शुल्क बस सेवा सञ्चालन गरेको थियो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौँ रिङरोड क्षेत्रमा सञ्चालन गरिएका बसबाट १ हजार ७६६ जना र भक्तपुर रुटमा सञ्चालन गरिएको बसबाट ७२० जनाले निःशुल्क यात्रा गरेका छन्।

काठमाडौँ उपत्यकामा सञ्चालन गरिएका बसमध्ये एउटा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुगेको थियो। अर्को बसले प्रधान कार्यालयबाट सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई सेवा दिएको थियो।

प्रधानकार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन गरिएको बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिएको थियो।

प्रकाशित: २५ कार्तिक २०८३ २०:१४ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast