ललितपुर- ललितपुर महानगरपालिका-२, सानेपा हाइटस्थित एक कागज गोदाममा लागेको आगो नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ।
कात्तिक २४ गते गोदाममा आगलागी भएपछि नेपाली सेनाको राजदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यसैगरी कात्तिक २४ गते नै मोरङको रतुवामाई नगरपालिका-६ सिजुवामा रोटी पकाउने क्रममा भट्टी पड्किँदा जलेर घाइते भएकी ३३ वर्षीया महिलालाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा पुर्याइएको पनि निर्देशनालयले जनाएको छ।
प्रकाशित: २५ कार्तिक २०८३ १९:३७ | Wednesday, November 11, 2026
प्रतिक्रिया



