न्यायको माग गर्दै उपप्राध्यापक चलाउनेले सुरु गरे आमरण अनशन

हिमाल प्रेस ४ असार २०८० २२:४२
न्यायको माग गर्दै उपप्राध्यापक चलाउनेले सुरु गरे आमरण अनशन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्। उनी आफूलाई कुटपिट गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा आमरण अनशनमा बसेका हुन्।

२०७७ असोज २० मा उनीमाथि आक्रमण गरेका हरि आचार्य, योगेन्द्र रावल लगायतको ज्यान मार्ने उद्योगमा चलिरहेका मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेसँगै उनले आफूमाथि सरकारले अन्याय गरेको भन्दै आमरण अनशन बस्ने घोषणा गरेका छन्।

उनले जारी गरेको विज्ञप्तिमा दण्डहीनता कम भएको हो भनि प्रश्न गरेका छन्। आफू जस्तै राज्यबाट पिडित भएर अन्यायमा पर्न नपरोस भन्दै आमरण अनशन सुरु गरेको उल्लेख छ। सरकारको निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौँमा आमरण अनशन बस्न खाज्दा उनलाई प्रहरीले पक्राउ गरेर केही समयपछि रिहा गरेको थियो।

प्रकाशित: ४ असार २०८० २२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =