यी ईसीडी शिक्षकलाई टीपीडी प्रमाणीकरण तालिम

हिमाल प्रेस १९ वैशाख २०८१ १२:०५
7.6k
SHARES
यी ईसीडी शिक्षकलाई टीपीडी प्रमाणीकरण तालिम

काठमाडौँ- शिक्षा तालिम केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई १५ दिने तालिम दिएको छ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको इनरुवा सुनसरी केन्द्रले ईसीडी शिक्षकलाई मन्टेश्वरी विधिमा आधारित टीपीडी प्रमाणीकरण तालिम दिएको हो।

केन्द्रले तालिममा सहभागीहरूको नतिजासमेत सार्वजनिक गरेको छ। केन्द्रले गत चैत १० देखि १९ गतेसम्म पहिलोसम्मको तालिम सञ्चालन गरेको हो। ईसीडी शिक्षक अञ्जु चौधरीले केन्द्रले १५–१५ दिनमा यस्ता तालिम सञ्चालन हुने गरेको बताइन्।

तालिममा उत्कृष्ण कार्य गर्ने आधारमा शिक्षक श्रेणी विभाजन हुने र नियमित उपस्थित भएर प्रोजेक्ट बुझाउनेको केन्द्रले नामवली प्रकाशन गर्ने आफूलाई थाहा भएको अञ्जुले जानकारी दिइन्। अञ्जुका अनुसार कोटाअनुसार तालिममा सहभागी गराइन्छ। साथै उनले अर्को तालिम जेठ वा असारमा हुनसक्ने पनि बताइन्।

प्रकाशित: १९ वैशाख २०८१ १२:०५

प्रतिक्रिया

One thought on “यी ईसीडी शिक्षकलाई टीपीडी प्रमाणीकरण तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =