धनुषा- जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ निर्णय वा कार्य निरन्तरताको आदेश जारी नभएसम्म करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि काममा नलगाउने जनाएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, खजुरीबाट प्रमुख प्रशासनिक अधिकृत सन्तोषकुमार शर्माद्वारा जारी सूचनामा गाउँपालिकाअन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई अर्को आदेश नभएसम्म कार्यसम्पादनमा संलग्न नगराउन निर्देशन दिइएको छ।
सूचनाअनुसार सम्बन्धित शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न भनिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आवश्यक निर्णय वा नयाँ नियुक्ति प्रक्रिया टुंगो नलाग्दासम्म करार तथा ज्यालादारी कर्मचारीको कार्यसम्पादन स्थगित रहने जनाएको छ।
शिक्षक आन्दोलन अपरिहार्य तर शैली बदल्नुपर्छ : रमेशबाबु भट्टराई



