गुल्मीमा ३ वर्षभित्र १ सय १७ घर गोठ जले, ११ जनाको मृत्यु

हिमाल प्रेस १४ जेठ २०८० १०:१०
6
SHARES
गुल्मीमा ३ वर्षभित्र १ सय १७ घर गोठ जले, ११ जनाको मृत्यु फाइल तस्बिर।

गुल्मी–  गुल्मीमा आगलागीबाट ३ वर्षमा १ सय १७ घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो ३ वर्ष अर्थात् आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन्।

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ। गत आवमा ३१ घर र १५ गोठ एवम् आव ०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आगलागीबाट ३ वर्षमा ३ करोड ६० लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डीएसपी) नवीनकिशोर प्रधानले जानकारी दिए।

३ वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ भने ५ जनाले आगोबाट ज्यान गुमाएका छन्। वैशाख महिनामा मात्रै ३ जनाले आगोमा परेर ज्यान गुमाएका छन्। गत वर्ष ४ र आव ०७६/७७ मा २ जनाको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

३ वर्षमा २० जना घाइते भएका छन्। यो आवको चैतसम्म १० जना, गत वर्ष ७ र आव ०७६/७७ मा ३ जना घाइते भएका छन्। आगलागीबाट पछिल्लो ३ वर्षमा ९६ पशु चौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव ५ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्यांक समावेश गरिएको छैन।

जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। सुक्खा मौसम र हावाहुरी एवम् लाहापरवाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ।

प्रकाशित: १४ जेठ २०८० १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =