आजको राशिफल

हिमाल प्रेस २५ वैशाख २०८१ ६:२७
1.0k
SHARES
आजको राशिफल

आज मिति २०८१ बैशाख २५ मंगलबार, बैशाख कृष्ण पक्ष, चतुर्दशी तिथि, तदनुसार २०२४ मे ७ को तपाईंको राशिफल

मेष : आम्दानी सामान्य मात्र हुनेछ। खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ। सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयास गर्दा भाग्यले साथ दिनेछ।

मिथुन : श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ।

कर्कट : रमाइलो यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। आश मारेको काम बन्नाले उत्साहत जाग्नेछ।

सिंह : मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्।

कन्या : मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ। साथीभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसी हुनेछ ।

मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

कुम्भ : मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ।

मीन : बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

प्रकाशित: २५ वैशाख २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =