बालविकास शिक्षा सुधार माग गर्दै समाजवादी विद्यार्थी युनियनद्वारा सबै पालिकामा धर्ना, सडक बहस पनि गरिने

हिमाल प्रेस ३ जेठ २०८१ १५:१७
2.1k
SHARES
बालविकास शिक्षा सुधार माग गर्दै समाजवादी विद्यार्थी युनियनद्वारा सबै पालिकामा धर्ना, सडक बहस पनि गरिने

काठमाडौँ– नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालविकास कार्यक्रमलाई बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रूपमा नै सच्याएर कम्तिमा तीन तहको हुने व्यवस्था माग गरेको छ। बुधबारदेखि प्रारम्भिक बालविकास शिक्षा सुधार आन्दोलन सुरुआत गर्दै युनियनले साे माग गरेकाे हाे।

त्यसैगरी बालविकास कार्यक्रममा आबद्ध शिक्षकको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयाेचित बनाउने, प्रत्येक तहमा सहयोगी शिक्षक, कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक, कर्मचारीलाई तत्काल बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको युनियनका महासचिव टंक धमलाले जानकारी दिए।

युनियनले यसै आर्थिक वर्षबाट बालविकास केन्द्रको भौतिक संरचना, सिकाइ सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गर्न माग गरेको छ।

त्यसैगरी विद्यार्थीकाे दिवा खाजा कार्यक्रमका लागि छुट्याइएको प्रतिविद्यार्थी १५ रुपैयाँ बजेट अन्यन्त न्यून भएको बताउँदै न्युनियनले यसै आर्थिक वर्षको बजेटबाट प्रतिविद्यार्थी ५० रुपैयाँ बनाई विद्यालयमा खाना पकाउने, खुवाउने सामग्रीलगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउनुपर्ने र तीन तहको सरकार बनेपछि भएको समन्वनगत जटिलता समाधानको लागि तहगत क्षेत्राधिकार साथै कर्तव्य र जिम्मेवारी स्पष्ट रूपमा तोकी पालना गराउन पहल गर्न पनि माग गरेको छ।

युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले (जेठ २ गते) माइतीघर मण्डलाबाट एकल धर्ना कार्यक्रम सुरुआत गर्दै आन्दाेलनकाे बिजाराेपण गरेका छन्। युनियनले उक्त शैक्षिक आन्दोलनलाई देशैभर विस्तार गर्ने बताएको छ। युनियनले आन्दाेलनमा सहभागी हुन अपिल पनि गरेको छ।

सो क्रममा युनियनले आज देशभरका पालिकाअगाडि प्लेकार्डसहित प्रदर्शन गरेको छ। भोलि (जेठ ४ गते) १ बजेदेखि ३ बजेसम्म सडक बहस गर्ने, ३ देखि ५ बजेसम्म देशभर ऐक्यबद्धता र्‍यालीको कार्यक्रम तय गरिएको युनियनका महासचिव धमलाले जानकारी दिए।

याे पनि

बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा धर्ना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =