शिक्षकको आन्दोलनलाई प्रशासनिक अनुमति, कानुनी प्रक्रिया पालना गर्न निर्देशन

हिमाल प्रेस २६ जेठ २०८३ १४:१५ | Tuesday, June 9, 2026
1.1k
SHARES
शिक्षकको आन्दोलनलाई प्रशासनिक अनुमति, कानुनी प्रक्रिया पालना गर्न निर्देशन गत वर्ष चैत–वैशाखमा भएको शिक्षक आन्दोलन। तस्बिर : हिमालप्रेस

काठमाडौँ- शिक्षण सिकाइ अनुदान शिक्षकहरूले आयोजना गर्न लागेको सार्वजनिक प्रदर्शन तथा हडताललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कानुनी प्रक्रिया पूरा गर्दै अघि बढाउन अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासकीय अधिकृत तारानाथ फुल्लेलको हस्ताक्षर रहेको पत्रमार्फत ‘शिक्षण सिकाइ अनुदान शिक्षक, काठमाडौँ’ समूहको मिति २०८३/०२/२६ गते दर्ता भएको निवेदनका आधारमा आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

प्रशासनले उक्त कार्यक्रमका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर भद्रकालीलाई आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई समेत यातायात व्यवस्थापन सहज बनाउन समन्वय गर्न बोधार्थ पठाइएको छ।

सरकारप्रति शिक्षक महासंघ अध्यक्षको आक्रोश-ठूलो आन्दोलन गर्छौं,को कहाँ पुग्छ,समयले देखाउँछ

यसैबीच, जिल्ला प्रशासन कार्यालयले सार्वजनिक प्रदर्शन तथा विरोध कार्यक्रम सञ्चालन गर्दा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षतिको मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ को पूर्ण पालना अनिवार्य हुने बताएको छ।

उक्त निर्देशनसँगै प्रशासनले आन्दोलनलाई कानुनी दायराभित्र राख्दै शान्ति सुरक्षा कायम गर्ने र सर्वसाधारणलाई हुन सक्ने असुविधा न्यून गर्ने उद्देश्य रहेको जनाएको छ।

बजेटमार्फत सरकारले तलब तथा सेवासुविधामा विभेद गरेको, स्थायित्वका लागि कुनै पहल नगरेको लगायतमा शिक्षकहरूले विमति जनाएका छन्।

प्रकाशित: २६ जेठ २०८३ १४:१५ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast