हुम्ला- हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आपराधिक घटनाको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष ०८३/०८४ को पहिलो तीन महिनामा जिल्लाभर अपराधिक घटनाहरु वृद्धि भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक शंकर खड्काले आपराधिक घटनाहरु साउन महिनामा १५ वटा, भदौमा १६ र असोजमा १८ वटा गरी हालसम्म जम्मा ४९ वटा घटना घटेको जानकारी दिए । जसमध्ये घरेलु हिंङ्सा ३० वटा रहेका छन् भने सामाजिक हिङ्सा १९ वटा रहेका छन् । त्यसमा आपराधिक प्रकृतिका डाँका तथा चोरी, करणी, अभद्र व्यवहार, ज्यान, विद्युतीय ठगी, अपहरण तथा शरीर बन्धक पानीमा डुबी मृत अवस्थामा फेला परेका लगायतका रहेका छन् ।
यी घटनाहरुलाई मेलमिलाप गराउने कार्यमा प्रहरी समेत लागेको छ । यसरी अपराधिक घटना वृद्धि हुनुमा पछिल्लो सयम युवायुवतीमा नैराश्यता आउनु तथा सामाजिक सञ्जाल पनि एक कारक भएको प्रहरीको बुझाइ छ ।



