नेपालमा पहिलोपटक नेपाली संस्कृत शब्दकोश प्रकाशित

हिमाल प्रेस ७ कार्तिक २०८३ १७:०३ | Saturday, October 24, 2026
8
SHARES
नेपालमा पहिलोपटक नेपाली संस्कृत शब्दकोश प्रकाशित

काठमाडौँ- नेपाली भाषाको माध्यमबाट संस्कृत सिक्न चाहनेहरूका लागि ‘वाग् नेपाली संस्कृत शब्दकोश’ प्रकाशित भएको छ। वैदिक अनुसन्धान गुठी (वाग्) द्वारा प्रकाशित उक्त कोश नेपालमा पहिलोपटक आधिकारिक र प्रामाणिक रूपमा प्रकाशन गरिएको हो।

कोशका सम्पादक डा. स्वामी केशवानन्द गिरिका अनुसार नेपाली भाषाका व्यावहारिक तथा प्रचलित शब्दहरूको संस्कृत पर्याय समेटिएको कोशमा करिब २५ हजार शब्द समावेश छन्। कोशमा शब्दहरूको प्रयोग बुझाउन केही श्लोकसमेत उदाहरणका रूपमा राखिएका छन्।

कोशको संकलन नीलमणि ढुंगानाले गरेका हुन्। वागको १३औँ प्रकाशनका रूपमा आएको ५६२ पृष्ठको पुस्तक संस्कृत भाषा अध्ययन गर्न चाहने विद्यार्थी, विश्वविद्यालय तहमा संस्कृत पढ्नेहरू तथा नेपाली भाषाका शब्दको संस्कृत रूपबारे जानकारी लिन चाहने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

पुस्तकको लेखन तथा प्रकाशनमा सुशील थापाले सहयोग गरेका छन्। पुस्तकको प्रकाशन सहयोग रकम विशेष छुटसहित एक हजार १११ रुपैयाँ तोकिएको छ। कोश काठमाडौँको गौरीघाटस्थित वाग् गुरुकुलमबाट प्राप्त गर्न सकिनेछ।

प्रकाशित: ७ कार्तिक २०८३ १७:०३ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast