कंगोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु

हिमाल प्रेस १० कार्तिक २०८३ २१:३२ | Tuesday, October 27, 2026
6
SHARES
कंगोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला प्रकोपबाट सङ्क्रमित हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४ हजार ८८७ जनाको मृत्यु भएको छ ।

मङ्गलबार सार्वजनिक तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये मृत्युदर ४८ दशमलव ६ प्रतिशत रहेको छ । मे महिनामा सुरु भएको यो प्रकोप कङ्गोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको छ ।

पूर्वी प्रान्त इतुरी प्रकोपको मुख्य केन्द्र बनेको छ । कुल सङ्क्रमितमध्ये ७१ दशमलव ७ प्रतिशत यही प्रान्तका रहेका छन् ।

कङ्गोले बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे मे १५ मा घोषणा गरेको थियो । त्यसयता कङ्गोबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि सङ्क्रमण देखिएको छ । फ्रान्समा भने बाहिरबाट भित्रिएको एक सङ्क्रमणको घटना पुष्टि भएको थियो ।

इबोला भाइरसको बढी परिचित जाइरे प्रजातिभन्दा फरक, बुन्दिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

प्रतिवेदनअनुसार यो कङ्गोको इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप भएको जनाइएको छ ।

 

प्रकाशित: १० कार्तिक २०८३ २१:३२ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast