राष्ट्रियसभा बैठक पनि सर्‍यो

हिमाल प्रेस ६ जेठ २०८१ १३:५७
16
SHARES
राष्ट्रियसभा बैठक पनि सर्‍यो विरोध जनाउँदै कांग्रेस सांसद। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा बैठक पनि सरेको छ। आइतबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक दिउँसो ३:१५ बजे सम्मका लागि स्थगित भएको हो। राष्ट्रियसभा बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्ने बताएसँगै बैठक स्थगित भएको हो।

आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो। यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।

टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। टीओआरमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसको छ।

प्रकाशित: ६ जेठ २०८१ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =